• जेष्ठ २६ २०८२, आईतवार

बाजी राखेर अत्यधिक मःम खाँदा विपिनकुमारको ज्यान गयो

असार ३१ २०८०, आईतवार

काठमाडौं । भारतको बिहारमा अत्यधिक मःमः खानाले एक जनाको मृत्यु भएको बताइएको छ । भारतीय पत्रिका हिन्दुस्तान टाइम्सका अनुसार गत बिहीबार बिहारको गोपालगञ्ज जिल्लामा २५ वर्षे विपिन कुमार मःमः खाँदाखाँदै बेहोस भएका थिए ।

उनी र उनका साथीहरूले कसले धेरै मःमः खाने भन्दै बाजी लगाएका थिए । त्यसपछि उनीहरू सबैले धेरै मःमः खाएको तर विपिन भने बेहोस भएको बताइएको छ । हालसम्म पोस्टमार्टम रिपोर्ट आइनसकेकाले उनको मृत्युको कारणबारे खुल्न नसकेको बढागिरास्थित गोपालगञ्ज प्रहरी कार्यालयले जनाएको छ ।

बिपिनका आमा र बुबाले भने आफ्ना छोरालाई मःमःमा विष लगाएर हत्या गरेको आरोप लगाएका छन् । यद्यपि उनीहरूले प्रहरीमा कुनै उजरी दिएका छैनन् ।