• बैशाख ९ २०८२, मंगलवार

पाँचथरमा ग्यास र पेट्रोलको अभाव

असार ३० २०८०, शनिबार

काठमाडौँ। पाँचथरको हेवा खोलामा बेलिब्रिज नबन्दा ताप्लेजुङमा खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको अभाव भएको छ ।

बाढी पहिरोले हेवा खोलामा रहेको मोटरेबल पुल बगाएपछि अहिलेसम्म बेलिब्रिजको निर्माण नहुँदा ग्यास र पेट्रोलको अभाव भएको हो ।

असार ३ गते भीषण वर्षासँगै आएको बाढीले पाँचथरको हेवा खोलामा रहेको मोटरेबल पुल बगाएको थियो । त्यस यता सो राजमार्ग अवरुद्ध छ ।