• जेष्ठ २६ २०८२, आईतवार

एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दै

असार ३० २०८०, शनिबार

काठमाडौँ। हिजोदेखि पुष्पलाल स्मृति प्रतिष्ठानमा सुरु भएको नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ ।

हिजो नेताहरूले बोल्ने क्रम नसकिए पछि बैठक आज पनि बस्न लागेको हो ।

प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार बैठकमा मुलुकमा विकसित राजनीतिक घटनाक्रम, सरकार तथा संसदसहितका क्षेत्रमा पार्टीले निर्वाह गर्नुपर्ने भूमिका, आन्तरिक पार्टी सङ्गठन सुदृढीकरण अभियानको समीक्षा तथा समसामयिक विषयमा छलफल भइरहेको छ ।

सोही विषयमा सचिवालयका सदस्यहरूले आआफ्नो धारणा राखिरहेका छन् ।