• बैशाख ९ २०८२, मंगलवार

अर्थतन्त्र सकारात्मकतातर्फ अगाडी बढेको अर्थमन्त्री महतको दाबी

असार २९ २०८०, शुक्रबार

काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सकारात्मकतातर्फ अगाडी बढेको बताएका छन् ।

शुक्रवार राष्ट्रिय सभा बैठकमा बोल्दै अर्थमन्त्री महतले अर्थतन्त्र चलायमान भइरहेको र सकारात्मकतातर्फ अगाडी बढेको बताएका हुन्। उनले मुल्यवृद्धि पनि विगतको भन्दा घटेको बताए । उनले सरकारले करको दायरा फराकिलो पारेको भन्दै राजस्व बढ्नेमा विश्वास व्यक्त गरे ।

उनले राजस्व वृद्धि हुने प्रशस्त आधार देखिएको उल्लेख गरे ।अर्थमन्त्री महतले आगामी दिनमा स्वास्थ्य क्षेत्रमा अझै बढी बजेट विनियोजन गर्ने बताए ।