• जेष्ठ २६ २०८२, आईतवार

एमाले केन्द्रीय कार्यालयको बैठक आह्वान, सचिवालयको कार्यसूची तय गर्दै

असार २९ २०८०, शुक्रबार

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कार्यालयको बैठक आज बस्दै छ ।

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा सचिवालय बैठकको कार्यसूची तय गर्नका लागि कार्यालयको बैठक बस्न थालेको केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीले जानकारी दिए ।

बैठक दिउँसो ३ बजे पार्टी कार्यालयमा राखिएको छ । एमालेको सचिवालय बैठक शनिबार बिहान ११ बजे पार्टी मुख्यालयमा बोलाइएको छ ।