• जेष्ठ २६ २०८२, आईतवार

प्रतिनिधि सभाका तीन समितिको बैठक बस्दै,यस्तो छ तालिका

असार २८ २०८०, बिहीबार

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतका तीन समितिहरूको बैठक आज (बिहीबार) बस्दै छन् ।

संसद सचिवालय सिंहदरवारमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ ।

बिहान ११ : ३० बजे कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्ने छ ।

बैठकमा भूमि व्यवस्था सम्बन्धी वर्तमान समस्या तथा समाधानका विषयमा छलफल हुनेछ ।

त्यस्तै, पूर्वाधार विकास समितिको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठक पूर्वाधार समितिको सभाहलमा बस्ने छ । आजै दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक युवा तथा खेलकुद मन्त्रालयको वर्तमान अवस्थाका विषयमा छलफल हुने जनाइएको छ ।