काठमाडौं । फिल्म निर्देशक राजु गिरीले टेलिभिजन कार्यक्रमका होस्टहरु विशाल भण्डारी र विक्की अग्रवालविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दिएका छन् ।
भण्डारी र अग्रवालले सञ्चालन गर्ने टिभी कार्यक्रम ‘कमेडी क्लब विथ च्याम्पिएन’ले आफ्नो बौद्धिक सम्पत्तिमा धावा बोलेको, हैरानी दिएको भन्दै गिरीले आफ्नो जीउधनको सुरक्षाको माग गर्दै उजुरी दिएका हुन् । जिल्ला प्रशासन कार्यालयले गिरीले दर्ता गरेको उक्त उजुरीलाई जिल्ला प्रहरी परिसर, टेकुमा पठाएको छ ।
विशाल भण्डारीले होस्ट गर्ने टिभी कार्यक्रम कमेडी क्लब विथ च्याम्पियनको भाग ६९ मा आफ्नो मानमर्दन हुने गरी सामग्री प्रसारण गरिएको गिरीले उल्लेख गरेका छन् ।