• जेष्ठ २६ २०८२, आईतवार

ललिता निवास प्रकरण : भूमि सुधार विभागका तत्कालीन महानिर्देशक श्रेष्ठ पक्राउ

असार २६ २०८०, मंगलवार

काठमाडौँ । भूमि सुधार विभागका तत्कालीन महानिर्देशकलाई प्रहरीले पक्राउ गरेको छ । ललिता निवासको जग्गा घोटाला प्रकरणमा संलग्न रहेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले तत्कालीन महानिर्देशक रुद्रप्रसाद श्रेष्ठलाई पक्राउ गरेको हो ।

सीआईबीका एसएसपी दिनेश आचार्यले उनी मंगलबार काठमाडौँबाट पक्राउ परेको पुष्टि गरे । श्रेष्ठसहित ललिता निवास जग्गा घोटाला प्रकरणमा पक्राउ पर्नेको संख्या १५ जना पुगेको छ ।