कागती पानीले जति फाइदा गर्छ नोक्सान पनि त्यति नै गर्ने गर्दछ । कागती वजन (ताैल) कम गर्न मात्र नभएर छालाको हेरचाहको लागि पनि काम आउँछ ।
मानिसले विहान उठेपछि कागती पानी खन्छन् जसले निकैं फाइदा पुर्याउछ तर यसको साइड इफेक्ट हुन्छ । पेट संवेदनशील भएका मानिसले कागती पानीको सेवन गर्न हुन्न । कागती धेरै एसिडिक हुन्छ जसका कारण पीएच लेवल कम हुन्छ ।
कागतीको प्रयोग धेरैजसो अनुहारको छाला राम्रो बनाउनका लागि पनि गर्ने गरिएको छ । पिम्पल्स, दागहरु हटाउन कागतिको प्रयोग हुने गरेको छ तर यसबाट बेफाइदा पनि हुनसक्छ । यदी तपाईको गाला वा अनुहारमा यदी घाउ, चिलाउने लगायतका समस्या छ भने कागतीको प्रयोग गर्न हुन्न ।
कागती बढी सेवन गर्दा यसले पेटलाई पनि वेफाइदा पुग्छ । यसको प्रयोगले अल्सर, दातको समस्या, पेट बिग्रने तथा डिहाइड्रेसनको समस्या उत्पन्न हुन्छ । यसका साथै पटक पटक पिशाब आउने, किड्नीमा समस्या देखा पर्न सक्छ । धेरै कागती पानीको सेवनले छाति पोल्ने लगायतका समस्या आउँछ । यदी तपाईलाई अल्सर छ भने कागति पानीको प्रयोग नगर्दा फाइदा हुन्छ ।