• जेष्ठ २६ २०८२, आईतवार

रुसले परमाणु हतियार तैनाथ गरेको बेलारुस नजिकै नेटो देशको सम्मेलन हुँदै

असार २५ २०८०, सोमबार

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनक र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलगायतका विश्वचर्चित नेताहरू नेटोको सम्मेलनमा उपस्थित हुनेछन् ।

सोही कारण यतिबेला त्यहाँ सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । अमेरिकी राष्ट्रपति बाइडेन यतिबेला बेलायत पुगिसकेका छन् । त्यहाँ बाइडेनले प्रधानमन्त्री ऋषि सुनकसँग भेटेर आफ्नो सम्बन्ध निकै मजबुत भएको बताए । यसअघि अमेरिकाले प्रतिबन्धित क्लस्टर बम युक्रेनलाई दिने निणर्य गर्दा बेलायतले असन्तुष्टि व्यक्त गरेको थियो ।

बाइडेनलगायत विश्वका चर्चित नेताहरू भिल्नियस विमानस्थल अवतरण गर्नेछन् । सो विमानस्थलमा पनि जर्मनीमा बनेका आठवटा जर्मन प्याट्रियट मिसाइल लन्चर तैनाथ गरिएको छ, जुन बेलारुसतर्फ फर्काइएको छ । गत शुक्रबारदेखि नै ती क्षेप्यास्त्र लन्चरहरू तयारी अवस्थामा भएको रोयटर्सले जनाएको छ ।