• जेष्ठ २६ २०८२, आईतवार

गठबन्धनले कोशी प्रदेशमा संविधान च्यात्ने काम गरेः सांसद बाँस्कोटा

असार २५ २०८०, सोमबार

काठमाडौं । नेकपा एमालेले कोशी प्रदेशको सरकार गठन गर्दा सत्ता-गठबन्धनले संविधान च्यात्ने काम गरेको आरोप लगाएको छ। प्रतिनिधि सभाको सोमबारको बैठकमा आकस्मिक समय लिएर बोल्दै एमालेका सांसद गोकुल बाँस्कोटाले सो आरोप गाएका हुन्।

‘गठबन्धनले बैठक राखेर कोशी प्रदेशको सन्दर्भमा समेत त्यहाँको सरकार कु गर्ने काम गर्‍यो। राजनीतिक कु गर्‍यो। संविधान च्यात्ने काम गर्‍यो,’ बाँस्कोटाले भने।

उनले विगतमा यही सत्ता गठबन्धनले भन्दै आएको कुरालाई स्मरण गर्न पनि आग्रह गरेका छन्। ‘हिजो के भन्नुभएको थियो, आज थाहा हुँदैन? एक माघले जाडो जाँदैन। राजनीतिमा एकले अर्कोलाई वाच गरिरहेको हुन्छ भन्ने कुरा स्मरण गराउन चाहन्छु,’ सांसद बाँस्कोटाले भने।

कोशी प्रदेशमा सत्ता गठबन्धनले सभामुखको निर्णायक हस्ताक्षर गराएर कांग्रेसका सभापति उद्धव थापालाई मुख्यमन्त्री बनाएको छ।