• जेष्ठ २६ २०८२, आईतवार

सदन खुलाउन प्रधानमन्त्री दाहाल जुटे ओली र देउवासँगको वार्तामा

असार २४ २०८०, आईतवार

काठमाडौं। सदनको अवरोध खुलाउने पहल स्वरुप प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सँग छलफल गरेका छन् ।

नेकपा एमालेले प्रधानमन्त्री दाहालको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्रीको राजीनामा माग्दै सदन अवरोध गर्दै आएपिछ प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा छलफलमा भएको हो ।

प्रधानमन्त्री दाहालले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भनेर सार्वजनिक अभिव्यक्ति दिएपछि त्यसको विरोधमा एमालेले संघीय संसदका दुवै सदन अवरुद्ध गर्दै आएको छ ।

सदनको अवरोध खुलाउन पहल नगरेको आरोप प्रधानमन्त्रीमाथि लाग्दै आएको बेला उनले छलफल सुरू गर्नु गरेका हुन्।