काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले ‘समाजवादी मोर्चा’ सत्ता प्राप्तिका लागि मात्र बनेको आरोप लगाएका छन्।
उनले घोषित मोर्चा नयाँ युगको नयाँ डङ्गको समाजवादबारे स्पष्ट सोच नभएको र सिर्फ अङ्कगणितका आधारमा काँग्रेस र एमालेसँग पालैपालो मोलमोलाइ गरेर सत्ता दोहन गर्ने मात्र त्यसको आशय देखिएकाले आफू त्यसमा नमिसिएको जिकिर गरेका छन्।
नेता भट्टराईले समाजवादी मोर्चाको प्रस्तावना आफूले नै अघि सारेको भए पनि सत्ता लिप्साका कारण आफूहरूसँग कुनै सल्लाह नै नगरी रहस्यमय ढङ्गले मोर्चा घोषणा गरिएको आरोप पनि लगाएका छन्।
‘पुराना शक्तिहरूमा एकाधिकार जमाएर बसेका नेताहरूको वैचारिकरराजनीतिक विषयप्रतिको अरुचिरअनिच्छा र खालि तत्कालीन संसदीय अंकगणितप्रतिको अतिशय लिप्साको प्रतिफलस्वरूप हामीसँग कुनै परामर्श र छलफलबिनै रहस्यमय ढङ्गले कथित ‘समाजवादी मोर्चा’को एकतर्फी घोषणा हुनपुग्यो’, डा.भट्टराईले फेसबुकमा लेखेका छन्, ‘नयाँ युगको नयाँ डङ्गको समाजवादवारे कुनै स्पष्ट सोच नभएको र सिर्फ अङ्कगणितका आधारमा काँग्रेस र एमालेसँग पालैपालो मोलमोलाइ गरेर सत्ता दोहन गर्ने मात्र त्यसको आशय देखिएकाले त्यसमा हामी संलग्न हुने प्रश्नै उठेन। किनकि त्यो समाजवादको उदात्त ध्येयप्रति नै ठूलो घात हो।’