• फाल्गुन २६ २०८२, मंगलवार

रुसी आक्रमणमा ६ जना मारिए

असार २३ २०८०, शनिबार

एजेन्सी । पूर्वी युक्रेनको लिमानमा रुसी आक्रमणमा परी शनिबार छ जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन्।

लिमानमा शनिबार बिहानैदेखि रुसी फौजले रकेट प्रहार गरेको र त्यसमा परेर छ जनाले ज्यान गुमाएका तथा अन्य पाँच जना गम्भीर घाइते भएका क्षेत्रीय गभर्नर पाभ्लो किरिलेन्कोले पुष्टि गरेका छन्।

सामाजिक सञ्जालमा उनले सहरमा धेरै रकेट लञ्चरबाट प्रहार भएको तथा रुसी आक्रमणले लिमानका केही भागमा आपत्कालीन परिस्थित सृजना गरेको लेखेका छन्।