• जेष्ठ २६ २०८२, आईतवार

मेनपावर र एजेन्ट विरुद्ध आइटी आर्मीको शक्ति प्रदर्शन

असार २२ २०८०, शुक्रबार

काठमाडौँ । आम आदमी नेपाल निकट आइटी आर्मीले आज काठमाडौँमा प्रदर्शन गरेको छ । वैदेशिक रोजगारीमा भइरहेको ठगी रोक्न माग गर्दै काठमाडौँको बालकुमारीमा सो संगठनले प्रदर्शन गरेको हो ।

अवैध धन्दामा लागेका म्यानपावर र एजेन्टका विरुद्धमा प्रदर्शन गरिएको आम आदमी नेपालका अध्यक्ष प्रभु साहले जानकारी दिए ।

आईटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहको नेतृत्वमा भएको विरोध प्रदर्शनमा प्रदर्शनकारीले कामदार लुटन पाइँदैन, भ्रष्ट म्यानपावर चाहिँदैन ! फ्रि भिसा- फ्रि टिकट लागू गर ! जस्ता नारा लगाएका थिए ।

म्यानपावरहरुले विभिन्न एजेन्टमार्फत् जनतालाई ठग्ने काम गरेको बताउँदै उनले त्यस्ता एजेन्टलाई राज्यले नियन्त्रणमा लिइ कारवाही गर्नुपर्ने माग प्रदर्शनकारी गरेका थिए ।

अध्यक्ष साहले मिटरब्याजीभन्दा खतरनाक काम म्यानपावरका एजेण्टहरुले गरिरहेको र त्यसमाथि छानबिन गरि राज्यले कारवाही गर्नुपर्ने बताए । म्यानपावर त्यसका एजेण्टबाट लाखौं युवा ठगिएर घरबारविहिन भएको समेत उनले बताए ।