• जेष्ठ २६ २०८२, आईतवार

कोशीमा मुख्यमन्त्री थापाले लिए शपथ, सुनुवार र जवेगु बने मन्त्री

असार २२ २०८०, शुक्रबार

काठमाडौं। नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता मुख्यमन्त्री नियुक्त भएका उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।बिहीबार साँझ मुख्यमन्त्री नियुक्त भएक थापाले शुक्रबार प्रदेश प्रमुख परशुराम खापुङसँग शपथ लिएका हुन् ।

प्रदेश प्रमुख खापुङ्ले उनलाई संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । ९३ सदस्यीय प्रदेशसभामा गठबन्धन दल कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखसहित १३, नेकपा (एकिकृत समाजवादी)का ४ र जनता समाजवादी पार्टीको एक गरी बहुमत ४७ प्रदेश सांसदको समर्थनमा थापा मुख्यमन्त्री बनेका हुन् ।

थापाले शुक्रबार नै तीन सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । पहिलो चरणमा नेकपा एकीकृत समाजवादी पार्टीका कमल जबेगु र नेपाली कांग्रेसका प्रदीप सुनुवार मन्त्री नियुक्त भएका छन् । मन्त्रीले पनि शुक्रबार नै शपथ ग्रहण गरेका छन् ।