• जेष्ठ २६ २०८२, आईतवार

प्रधानमन्त्रीले बोल्न नहुने कुरा बोल्नु भएकोले अफ्ठ्यारो महसुस भइरहेको छ : गगन थापा

असार २१ २०८०, बिहीबार

काठमाडौँ । कांग्रेस महामन्त्री गगनकुमार थापाले संसद अवरुद्ध भएको बारे प्रधानमन्त्रीले संसदमा आफ्नो धारणा राखेपछि स्पष्ट हुने बताएका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको जिल्ला सभापतिहरूको भेलापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको अभिव्यक्तिले सबैलाई अप्ठ्यारो महसुस गरेको बताए ।

महामन्त्री थापाले प्रधानमन्त्रीले पुस्तक विमोचनका क्रममा अभिव्यक्त गरेको कुरा प्रधानमन्त्रीको हैसियतले बोल्नु नहुने र शोभनीय नभएको पनि बताए । उनले प्रधानमन्त्री स्वयंले यस विषयमा संसदमा स्पष्टीकरण दिएपछि अन्यौलता हट्ने पनि स्पष्ट पारे ।