कोहलपुर । बाँकेको नेपालगञ्ज कारागारमा एक युवकले जेल परेको १५ दिनमै कारागार भित्रै मृत फेला परेका छन् ।
जिल्लाको जानकी गाउँपालिका-६ का २३ वर्षीय निरजकुमार बानियाँ बिहीबार बिहान पाँच बजे कारागारको बाथरुममा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले सेतोपाटीलाई जानकारी दिए ।
बानियाँ असार ५ गते मात्रै पक्राउ परेका थिए । २०७९ चैत्र २२ गते बाँके जिल्ला अदालतले डाँका चोरी मुद्दामा उनलाई तीन वर्ष कैद र ३० हजार जरिवाना हुने फैसला सुनाएको थियो ।
त्यसयता फरार रहेका बानियाँ १५ दिन अगाडि मात्रै पक्राउ परेका हुन् । अहिले पोष्टमर्टमका लागि बानियाको शव नेपालगञ्जस्थित भेरी अस्पतालमा पठाइएको डिएसपी डाँगीले जानकारी दिए ।