• जेष्ठ २६ २०८२, आईतवार

कोशी प्रदेशमा उद्धव थापालाई नै मुख्यमन्त्रीमा प्रस्ताव गर्ने सात दलको निर्णय

असार २१ २०८०, बिहीबार

काठमाडौं। सात दलीय सत्ता गठबन्धनको बैठकले कोशी प्रदेशको मुख्यमन्त्री उद्धव थापालाई बनाउने पुनः निर्णय गरेको छ । बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सात दलको बैठकले थापालाई नै मुख्यमन्त्री बनाउने निर्णय गरेको हो ।

कोशी प्रदेशको गठबन्धनमा कांग्रेस (२९), माओवादी केन्द्र (१३) सभामुखसहित, एकीकृत समाजवादी ४ र जनता समाजवादी पार्टी १ गरी ४७ सिट छ ।

शुक्रबार विश्वासको मत नपाएर हिक्मतकुमार कार्की नेतृत्वको सरकार ढलेपछि प्रदेश प्रमुखले सरकार गठनका लागि दाबी पेस गर्न दिएको समयसीमा बिहीबार साँझ ५ बजे सकिँदै छ ।