• जेष्ठ २६ २०८२, आईतवार

आज बस्ने राष्ट्रियसभा बैठकमा एमालेले के गर्ला ?

असार २१ २०८०, बिहीबार

काठमाडौँ–   राष्ट्रियसभाको बैठक आज पनि बस्दैछ । हिजो दिउँसो २ बजेर ३१ मिनेटमा बोलाइएको बैठक प्रमुख प्रतिपक्ष एमाले लगायतका दलले अवरुद्ध गरेपछि आधा घण्टाका लागि स्थगित भएको थियो ।

आज दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी बैठक बोलाइएको छ । एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दिनअघि दिएको अभिव्यक्तिले सार्वभौम संसदको अपमान भएकाले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने अडान राख्दै विरोध जारी राखेपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक स्थगित गरेका थिए ।

त्यसपछि ४ बजेर ४६ मिनेटमा बस्ने गरी बोलाइएको बैठक पनि सञ्चालन हुन नसकेपछि बैठक आजका लागि बोलाइएको हो ।

एमालेले प्रधानमन्त्री प्रचण्डले राजीनामा नगरेसम्म संसद बैठक चल्न नदिने संसदीय दलबाटै निर्णय गरेकाले आजको बैठकमा एमालेले बैठक अवरोध गर्न सक्ने प्रवल सम्भावना रहेको छ ।