• जेष्ठ २६ २०८२, आईतवार

प्रधानमन्त्री प्रचण्डले गल्ती गरे तर एमालेले बुद्धिमता देखाउन सकेन : कांग्रेस महामन्त्री शर्मा

असार २० २०८०, बुधबार

काठमाडौँ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले हालै एक पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको अभिव्यक्ति गलत भए पनि यस विषयमा प्रतिपक्षले पनि बुद्धिमत्ता देखाउन नसकेकोे जिकिर गरेका छन् ।

हलुका अभिव्यक्तिको गम्भीर अर्थ र असर हुनसक्छ भन्ने हेक्का नराख्नु प्रधानमन्त्रीको गल्ती भएको बताउँदै विपक्षीको विरोधका कारण मिटर ब्याज पीडितहरूलाई न्याय दिन ल्याइएको विधेयक निष्क्रिय भएकोमा पनि महामन्त्री शर्माले दुःख व्यक्त रेका हुन् ।

महामन्त्री शर्माले सामाजिक सञ्जालमा लेखेका छन्ः- ‘नेपालको प्रम नेपालको संसदले चयन गर्दछ र गर्ने हो मित्र राष्ट्रहरूलाई मित्रताकै सीमामा राख्ने कर्तव्य मूलतः प्रमकै हो ! अतः प्रश्न हामी नै उठाइरहेका छौँ, प्रतिपक्षको त मूल कर्तव्य नै हो ! आलोच्य अभिव्यक्तिको आलोचना जरुरी । तर मिटर ब्याज पीडितहरूलाई न्याय दिन ल्याइएको ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक’ आज संसदबाट पारित नहुँदा निष्क्रिय भएको छ । विधेयक पारित हुन दिएर मात्र अवरोध गरौं भन्ने बुद्धिमत्ता कुनै पनि विपक्षी दलमा देखिएन । अत्यन्तै दुःखद ! मिटर ब्याजीहरुलाई कारबाही गर्न र पीडितलाई न्याय दिन सरकारले ल्याएको अध्यादेश संविधानको धारा ११४ अनुरूप आज ६० दिन कट्नुपूर्व संसदबाट पारित नभएपछि स्वतः निष्क्रिय भएको छ । एकापसलाई दोष दिएर हामी उम्कौँला तर पीडितलाई जवाफ के दिने ? कि फेरि तिनको आन्दोलनमा पलेटी मार्न जाने ?’