• जेष्ठ २६ २०८२, आईतवार

एमोलेसित लफडा परेपछि २२ गतेसम्मका लागि संसद बैठक स्थगित

असार २० २०८०, बुधबार

काठमाडौँ । प्रतिनिधिसभाको बैठक असार २२ गते दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ । बुधबार दिउँसो अपरान्ह ४ बजेको बैठकमा प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी एमालेसहितका दलले अवरोध गरेपछि आधा घण्टाका लागि स्थगित गरिएको थियो ।

बैठक सञ्चालनका लागि राजनीतिक दलका प्रमुख सचेतकहरुसहितको बैठकमा सहमति नजुटेपछि सूचना टाँस गरेर बैठक स्थगित गरिएको हो ।

केहीदिन पहिले यातायात व्यवसायी प्रितम सिंहको पुस्तक विमोचनका क्रममा प्रम प्रचण्डले दिएको अभिव्यक्ति विवादमा परेपछि एमालेसहितले संसद बैठकबाट प्रधानमन्त्रीको राजीनामा माग गरेका छन् । प्रधानमन्त्रीले राजीनामा नगरेसम्म संसद बैठक सञ्चालन गर्न नदिने उनीहरुले बताएका छन् ।