काठमाडौं। कार्लो एन्सेलोटी ब्राजिलको मुख्य प्रशिक्षक बन्ने भएका छन् । उनले २०२४ को कोपा अमेरिकाका लागि ब्राजिलको प्रशिक्षण सम्हाल्ने छन् ।
रियल मड्रिडसँगको सम्झौता यही वर्ष अथात् सन् २०२३ मा पूरा गरेर उनले ब्राजिलको जिम्मेवारी लिने भएका हुन् ।
६४ वर्षीय प्रशिक्षक एन्सेलोटीले करिअरमा पहिलो पटक कुनै राष्ट्रिय टिमको जिम्मेवारी सम्हाल्न लागेका हुन् । यसअघि उनी एक पटक इटालीको राष्ट्रिय टिममा एरिगो साचीको सहायक प्रशिक्षकको भूमिकामा थिए ।फिफा विश्वकप २०२२ मा क्वाटरफाइनलमा क्रोयसियासँग पराजित हुँदै बाहिरिएपछि टिम छाडेका टेटेको स्थान एन्सेलोटीले लिने छन् ।
एन्सेलोटीले जिम्मेवारी लिँदासम्मलाई ब्राजिलले फ्लुमिनेसका मुख्य प्रशिक्षका फर्नान्डो डिनिजलाई अन्तरिम प्रशिक्षक बनाएको छ ।डिनिज क्लबमै रहने छन् र फिफाका खेल भएका बेलामा राष्ट्रिय टिममा जाने छन् ।एन्सेलोटीले भने २०२४ को कोपा अमेरिकाबाट २०२६ को फिफा विश्वकपसम्म टिमको जिम्मेवारी सम्हाल्ने स्पेनिस पत्रिका मार्काले जनाएको छ ।
इटालियन प्रशिक्षक एन्सेलोटीले विनियस जुनियर, नेइमार जुनियर, रोड्रिगो, एडर मिलिटाओसँग पुनः भेट्नेछन् ।एसी मिलानमा खेलाडी रहेका एन्सेलोटीले रियल मड्रिड, चेल्सी एफसी, पेरिस सेन्ट जर्मन ९पीएसजी० जस्ता सफल क्लबको प्रशिक्षण गराइसकेका छन् ।
उनले दुई सफल कार्यकालपछि रियल मड्रिड छोड्नेछन् । उनले आफ्नो कार्यकालमा लालिगा, यूईएफए च्याम्पियन्स लिग, कोपा डेल रे, फिफा क्लब विश्वकप र अन्य महत्वपूर्ण उपाधि जितेका छन् ।