काठमाडौँ । राष्ट्रिय सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।
आजको बैठकमा राष्ट्रिय सभाका सचिव डा.सुरेन्द्र अर्यालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८०’सभा समक्ष पेश गर्ने कार्यसूची रहेको छ ।
यस्तै, विनियोजन विधेयक २०८० का विभिन्न शिर्षकहरुमध्ये भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विनियोजित शीर्षकहरूमाथिको छलफल हुने सम्भावित कार्यसूची रहेको छ ।