काठमाडौँ। काठमाडौं महानगरपालिकाले निजी विद्यालयले लिने छात्रवृत्ति परीक्षा आफैं लिने भएको छ।
कक्षा ११ का विद्यार्थीलाई निजी विद्यालयले वितरण गर्ने छात्रवृत्तिको लागि महानगरले नै परीक्षा लिएर विद्यार्थी छनौट गर्नेमहानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले बताए।
काठमाडौं महानगरपालिका शिक्षा ऐन २०७५ तथा शिक्षा नियमावली २०७४ मा व्यवस्था भएअनुसार महानगरअन्तर्गत निजी विद्यालयको छात्रवृत्ति परीक्षा महानगरले नै लिन लागेको हो।
सामुदायिक विद्यालयमा पनि योग्यताक्रम निर्धारण गरी छात्रवृत्ति दिने तयारी महानगरको छ।