• जेष्ठ २६ २०८२, आईतवार

एमालेले आजदेखि प्रदेश सभा बैठक अवरोध नगर्ने सहमति

असार १८ २०८०, सोमबार

काठमाडौँ। बागमती प्रदेशमा प्रदेश सभा बैठक सञ्चालन गर्ने विषयमा दलहरूबीच सहमति भएको छ । बजेटमा असन्तुष्टि जनाउँदै आएको प्रतिपक्षी दल नेकपा एमाले र राप्रपाको मागलाई बजेटमा सम्बोधन गर्ने सत्तारुढ दलले प्रतिबद्धता जनाएसँगै बैठक आजदेखि सुचारु हुने भएको हो ।

बैठक सञ्चालनका लागि आज सर्वदलीय बैठकको आयोजना गरिएको थियो । बैठकमा एमालेबाट प्रमुख सचेतक मधुसूदन पौडेल, अर्थमन्त्री बहादुर सिंह लामा, माओवादीका मुख्य सचेतक रत्न ढकाल तथा राप्रपा दलको नेता उद्धव थापा सहभागी थिए ।

बैठकमा एमालेले आफ्नो बजेटबारे योजना लिखित रूपमा सरकारलाई प्रस्तुत गर्ने र सरकारले त्यसलाई बजेटमा समावेश गर्ने सहमति भएको सो बैठकमा सहभागी एक नेताले बताए । सहमतिसँगै आज २ बजे प्रदेश सभा बैठक बस्नेछ ।

यसअघि प्रदेशसभा बैठक सोमबार बिहान ११ बजेका लागि बोलाइएको थियो ।