• मंसिर १३ २०८१, बिहीबार

मिर्गौला रोगका लक्षण यस्ता छन्ः

असार १७ २०८०, आईतवार

मिर्गौला फेल हुने समस्या सबैभन्दा जटिल र घातक शारीरिक समस्या मध्ये एक हो। यो रोग विभिन्न कारणबाट हुन्छ । यो सबै उमेर समूहकालाई हुने रोग हो। नेपालमा पछिल्लो समय मिर्गौला सम्बन्धी समस्या भएका बिरामीको संख्या बढिरहेको छ।

मिर्गौला राम्ररी काम नगरेपछि शरीरमा विषाक्त पदार्थ थिग्रिदै जान्छन् । फलस्वरुप त्यसबाट शरीरका अन्य अंगमासमेत असर देखिन थाल्छ । समयमै पहिचान र उपचार हुन सकेन भने मानिसको अकालमै ज्यान जान सक्छ।

मिर्गौला रोगका लक्षण यस्ता छन्ः

  • पिसाबमा फिँज आउने
  • विस्तारै विस्तारै जिउ सुन्निने
  • अचानक जिउ सुन्निने
  • पिसाब कम हुने
  • पिसाबबाट रगत जाने

मिर्गौला बिग्रन नदिन के गर्ने ?

  • बिहान उठ्ने वित्तिकै पानी पिउने,
  • हरेक दिन १० हजार पाइला हिँड्ने
  • धेरै गुलियो र मासु नखाने
  • धूम्रपान मदिरा सेवन नगर्ने
  • नियमित फलफूल खाने
  • वर्षमा कम्तीमा एकपटक मिर्गौला जाँच गराउने
  • नियमित व्यायाम गर्ने
  • मोटोपन हुन नदिने तथा तौल नियन्त्रणमा राख्ने
  • कुनै दीर्घरोग छ भने समयमै उपचार गराउने
  • बढी चिल्लो चिज तथा फास्टफूड नखाने