• जेष्ठ २६ २०८२, आईतवार

बाराक ओबामाको घर नजिकै विष्फोटक पदार्थसहित एकजना पक्राउ

असार १६ २०८०, शनिबार

वासिङ्टन डिसी । पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामाको निवास नजिक बिष्फोट पदार्थसहित एक संदिग्दलाई पक्राउ गरिएको छ । सियाटलका ३७ वर्षीय टेलर टारान्टो भनेर चिनिने एक व्यक्तिलाई पक्राउ गरिएको हो ।

अधिकारीहरूले बिहीबार बाराक ओबामाको वासिङ्गटन डीसीको घर नजिकै पक्राउ गरिएका ती व्यक्तिलाई हालै सार्वजनिक गरिएको हो । सीबीएस न्यूजको रिपोर्टमा भनिएको छ, ‘गुप्तचरहरूले टारान्टोलाई ओबामाको घर नजिकै देखे र उनलाई पछ्याउन थाले । टारान्टोले ओबामाको निवासतर्फ भाग्ने प्रयास गरे तर त्यहाँ पुग्नुअघि नै उनलाई पक्राउ गरियो ।’

गिरफ्तारीको क्रममा अधिकारीहरूले टारान्टोको भ्यान नजिकै पार्क गरिएको भेट्टाए, जसमा धेरै हतियार र विस्फोटक सामग्रीहरू थिए । यद्यपि, सीबीएस न्यूजले रिपोर्ट गरे अनुसार ती सामग्री एसेम्बल भने गरिएको थिएन ।

टारान्टोले भर्खरै लाइभस्ट्रिमको क्रममा सामाजिक सञ्जालमा एक व्यक्तिविरुद्ध धम्की दिएका थिए, जसले अमेरिकी अधिकारीहरूमा चिन्ता बढाएको थियो । खासमा उनीविरुद्ध २०२१ मा अमेरिकी क्यापिटलमा भएको आक्रमणमा संलग्नताको लागि पक्राउ पुर्जीसमेत जारी भएको छ ।

अधिकारीहरूले ओबामाको छिमेकमा टारान्टोको उपस्थिति संयोगवश नभएको बताए । उनी केही महिनादेखि डिसी एरियामा बस्दै आएका थिए । उनी प्रायः डीसी जेल नजिकै आफ्नो भ्यानमा क्याम्पिङ गरेको देखिन्थे ।