• जेष्ठ २६ २०८२, आईतवार

बैंक खाताबाट लाखौँ रुपैयाँ ट्रान्सफर गर्ने गिरोह सार्वजनिक

असार १६ २०८०, शनिबार

काठमाडौँ। बैंकमा सेवाग्राहीको खाताबाट लाखौं रुपैयाँ अन्य खातामा ट्रान्सफर गर्ने गिरोहलाई रौतहट प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। स्थानीय वृन्दावन नगरपालिका ३ का रामेश्वर राय यादवको माछापुच्छ्रे बैंकको खाताबाट ९ लाख रुपैयाँ ट्रान्सफर गर्ने गिरोहका ७ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा वीरगन्ज नगवाका वर्ष २१ को राज नारायण चौरासिया, वीरगन्ज १९ केहुनी विन्दाबासनीका वर्ष २१ को महम्द मुस्तुफा हवारी, दोलखा बैदेश्वर गाउँपालिका ५ सिमवारिका वर्ष २९ को सुन्दर खड्का, काभ्रेपलान्चोक भुम्लु गाउँपालिका ९ पिङगोलाका वर्ष १९ को महेश थापा, उदयपुर रौउतामाई गाउँपालिका २ भुट्टारका वर्ष २० को केवल रास्कोटी, सिराहा मिर्चैया नगरपालिका ८ भगवानपुरका वर्ष १९ को दिपे सदा र गोलबजार नगरपालिका ८ चोहर्वाका वर्ष २३ को श्रवण दास रहेको प्रहरीले जनाएको छ।

उनीहरूको साथबाट विभिन्न वैंकको १५ थान एटिएम कार्ड,६६ हजार रुपैयाँ,१ थान मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ।