• जेष्ठ २६ २०८२, आईतवार

हिक्मतको सरकार ढलेसँगै कोशी प्रदेशमा नयाँ सरकार गठनको तयारी शुरु

असार १६ २०८०, शनिबार

विराटनगर । कोशी प्रदेशमा नयाँ सरकार गठनको तयारी शुरु भएको छ । 

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की नेतृत्वको सरकार ढलेसँगै प्रदेश प्रमुख परशुराम खापुङसँग मुख्यमन्त्री कार्की तथा विपक्षी दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र र एकिकृत समाजवादीका नेताहरुले छुट्टाछुट्टै भेट गरेका छन् ।

प्रदेश प्रमुख परशुराम खापुङले सरकार गठन आव्हानका लागि संवैधानिक र कानुनी परामर्श थालेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । नयाँ सरकार गठनका लागि संसदीय दलको पत्रलाई आधार बनाउने कि सांसदहरुको हस्ताक्षर सहितको पत्रलाई आधार बनाउने बारे छलफल भईरहेको बताइएको छ ।