• मंसिर १२ २०८१, बुधबार

वर्षातको मौसममा बालबालिकालाई कसरी जोगाउने?

असार १६ २०८०, शनिबार

काठमाडौं– वर्षातको मौसममा जताततै हिलो र पानी हुने गर्दछ । मौसम परिवर्तन भइरहने हुनाले कतिबेला पानी पर्छ भन्ने  अत्तोपत्तो हुन्न । क्षणभरमै पानी पर्न थाल्छ भने क्षणभरमै घाम लाग्ने गर्दछ ।  

यो समयमा बालबालिकालाई रोग लाग्ने सम्भावना अधिक रहन्छ । उनी वर्षाको पानीमा भिज्न नहुने सुझाउँछिन् । गर्मी भएको बेला आकाशबाट परेको पानीमा भिज्यो भने रुघाखोकी लाग्न सक्छ। त्यस्तै ज्वरो आउने, टाइफाइड हुने जोखिम भएकाले बालबालिकालाई पानीमा भिज्न दिनु हुँदैन ।

आकाशे पानीबाट बालबालिकालाई जोगाउन घर परिवार सबै  सजग हुनुपर्छ। खानेपानीको पाइपमा ढलको फोहोर पानी मिसिएर अशुद्ध भएको हुन सक्छ। ठाउँठाउँमा पानी जमेको हुन्छ। जमेको पानीमा लामखुट्टेले फुल पार्ने गर्छ। लामखुट्टे तथा झिँगाले विभिन्न किसिमका रोग सार्न सक्छन् ।

यो समयमा डेंगु, औलो, कालाजार, जापानिज इन्सेफ्लाइटिस जस्ता रोग लाग्ने जोखिम हुन्छ। त्यसैले घरवरपरको सरसफाइमा पनि ध्यान दिनुपर्छ। त्यतिमात्र नभएर यो बेला खानेकुराहरू चाँडै सड्ने र गल्ने हुन्छ। त्यसबाट पनि संक्रमणको जोखिम हुन्छ। यसबाट झाडापखाला, आउँ लगायतका समस्या निम्तिन सक्छन् ।

पानीबाट हुने समस्याबाट जोगाउने उपाय:

-छाता ओढेर हिँड्ने

-खाना खानुअघि सफासँग हात धुने

-पानीमा नखेल्ने

-बासी खानेकुरा नखाने

-उमालेको पानी पिउने

-लामखुट्टेबाट जोगिन झुलभित्र सुत्ने

-आकाशबाट परेको पानीबाट जोगिने

-चिसो कपडा नलगाउने

-खानेपानी सधैं सफा भाँडोमा छोपेर राख्ने