• आश्विन १४ २०८१, सोमबार

यौन तथा प्रजनन स्वास्थ्य अधिकार बारे लेखिएको पुस्तक विमोचन

असार १५ २०८०, शुक्रबार

काठमाडौं । यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सुनिश्चितताका लागि (फिचर संकलन) विमोचन कार्यक्रम सम्पन्न भएको छ । संचारीका समूह नेपालद्वारा शुक्रबार ललितपुरको पुल्चोकस्थित हिमालय होटेलमा पत्रकार सम्मेलन गर्दै सो पुस्तक बिमोचन गरिएको हो ।

पुस्तकमा महिला प्रजनन स्वास्थ्यको बिकराल अवस्था, यसका चुनौती र समाधानका बारेमा विभिन्न २० वटा लेखहरु समेटिएका छन् ।
पुस्तक बिमोचन गर्दै राष्ट्रिय महिला संघका अध्यक्ष कमला पराजुलीले पुस्तकमा महिलाको मात्र लेखहरु भएकोप्रति गुनासो गरिन् ।

उनले पुस्तकमा एक तिहाई पुरुषको पनि समावेसिताको माग राखिन् । राज्यले प्रजनन स्वास्थको राम्रो व्यवस्था गरेताको भएतापनि यसको कार्यान्वयन फितलो रहेकाले यसमा निगरानी गर्न खबरदारी गरिन् ।

त्यसैगरी कार्यक्रममा स्वस्थ्य तथा शिक्षा मन्त्रालय अन्तर्गतका सचिव रोशनीदेवी कार्कीले कार्यालयबाट ९८ दिन प्रजनन बिदा दिने नियम पनि कार्यान्वयन नभएको बताइन् । उनले प्रजनन स्वास्थ्य महिलालाई मात्र नभई पुरुष, समाज, देश र विश्वलाई नै आतिआवश्यक भएकाले विद्यालय तहदेखि नै प्रजनन शिक्षाको अध्ययनमा महत्व दिनुपर्नेमा जोड दिइन् ।

अर्का वक्ता नेपाल पत्रकार महासङ्घका अध्यक्ष बिपुल पोख्रेलले प्रजनन स्वास्थ्य सुधारको सन्दर्भमा सम्बन्धित व्यक्ति आफ्ना अधिकारप्रति प्रष्ट हुन आग्रह गरे । उनले प्रजनन स्वास्थ्यलाई नमूनाको रुपमा मात्र नभई अधिकार प्राप्त गर्ने, राज्यबाट सेवासुबिधा प्राप्त गर्ने र राज्यको नीति सबै तहमा समान रुपमा कार्यान्वयन हुने कुरामा मिडियाले यसमा ठुलो भूमिका खेल्नुपर्ने बताए ।