काठमाडौं । सातै प्रदेशका मुख्यमन्त्रीहरू आज पोखरामा भेला हुँदै छन् ।
संघीयता र प्रदेशका हक अधिकारका बारेमा छलफल गर्न गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको विशेष अगुवाइमा सातै प्रदेशका मुख्यमन्त्रीहरू पोखरामा भेला हुन लागेका हो ।
प्रदेशको अधिकार, प्रदेशले गरेका काम तथा प्रदेशका अनुभव साटफेर गर्ने र सबै प्रदेशको साझा धारणा बनाउन सम्मेलन आयोजना गरिएको हो ।
मुख्यमन्त्रीहरूको सम्मेलनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री भने भेलामा सहभागी हुने वा नहुने भन्ने बारेमा केही टुंगो लागेको छैन । आज कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिने कार्यक्रम रहेकाले कुनै टुंगो नभएको हो ।