• जेष्ठ २६ २०८२, आईतवार

दाङका विश्वकर्माको भारतको गोवामा मृत्यु

असार १४ २०८०, बिहीबार

गोवा । भारतको गोवामा एकजना नेपालीको मृत्यु भएको खबर छ । दाङको बबई गाउँपालिका वडा नं १ स्थायी घर भएका वर्ष ३८ का कृष्ण विश्वकर्माको गोवाको वास्को भन्ने ठाउँमा मृत्यु भएको हो । अचानक उनको भएको मृतकका दाजू करण विश्वकर्माले बताए ।

अचानक अचेत भएपछि उनले काम गर्ने होटेलका मालिकले उनको उपचारको लागि अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भैसकेको थियोे । उनी विगत २० वर्ष देखि गोवामा कुकको पेसामा थिए ।

मृतक कृष्णका परिवारमा श्रीमती दीपा विश्वकर्मा सहित तीन सन्तान रहेका छन् । उनका दुई छोरा एक छोरी छन् । उनको आजै अन्त्यष्टी गरिएको उनका दाजू करणले बताए । उनको मृत्युको कारणबारे पोस्टमार्टम् रिपोर्ट आइसकेपछि मात्रै थाहा हुनेछ ।

भारतमा रोजगारीको लागि कार्यरत नेपालीहरुको विभिन्न कारणले मृत्यु हुने गर्दछ तर नेपाल सरकारले नेपालीहरुको मृत्यु हुनुको कारणबारे कुनै चासो लिएको देखिँदैन । यो गम्भीर विषय भएको प्रगतिशील नेपाली समाज समिति भारतका अध्यक्ष लोकेन्द्र सेर्पालीले बताए ।