• मंसिर १४ २०८१, शुक्रबार

अफगानिस्तान र इराकमा पनि वैदेशिक रोजगारी खोल्नु पर्छ : श्रम मन्त्री भण्डारी

असार १४ २०८०, बिहीबार

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले अफगानिस्तान र इराकमा पनि वैदेशिक रोजगारी खोल्नुपर्ने बताएका छन् । बिहीबार मस्कटमा गैरआवासीय नेपाली संघ (एनआरएन)ले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले दौत्य सम्बन्ध भएका सबै देशसँग श्रम सम्झौता गर्नुपर्ने बताए ।

‘दौत्य सम्बन्ध भएका सबै देशसँग श्रम सम्झौता हुनुपर्छ । अफ्गानिस्तान र इराकमा पनि वैदेशिक रोजगारी खोल्नुपर्छ’, उनले भने,‘वैदेशिक रोजगार विभागमा २० हजार ठगी मुद्दा छन् । ठगीको विकराल समस्या छ ।

समाधान गर्न टास्क फोर्स बनाइएको छ ।’ मन्त्री भण्डारीले के कामका लागि फ्री भिसा फ्री टिकट हो भनेर प्रश्न गरेका छन् । सरकारको काम सहजीकरण गर्नु भएको भन्दै उनले व्यवसाय नगर्ने बताए ।