काठमाडौं । नेपाली सुनचाँदी बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोल ६०० रुपैयाँले घटेर १ लाख ९ हजार ४०० रुपैयाँ कायम भएको हो।
यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख ८ हजार ९०० रुपैयाँ निर्धारण भएको छ। बुधबार पनि सुनको भाउ प्रतितोला ६०० रुपैयाँले घटेको थियो। यसअघि बुधबार पनि सुनको मूल्य १ लाख १० हजार रुपैयाँ कायम भएको थियो।
यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ९ हजार ५०० रुपैयाँ निर्धारण भएको थियो। यता, बिहीबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर १३ सय ७० रुपैयाँ कायम भएको छ। बुधबार चाँदीको भाउ प्रतितोला १३ सय ७५ रुपैयाँ रहेको थियो।