• फाल्गुन २६ २०८२, मंगलवार

भारतमा रथ यात्राले हाइटेन्सन तारको चपेटा : ७ जनाको मृत्यु, १८ घाइते

असार १४ २०८०, बिहीबार

नयाँदिल्ली । त्रिपुराको उनाकोटी जिल्लामा बुधबार साँझ भगवान जगन्नाथको रथ हाई टेन्सन तारको चपेटामा परेको छ । जसका कारण ७ जनाको मृत्यु भएको छ । सोही क्रममा १८ जना जलेका छन् ।

भगवान जगन्नाथको उल्टा रथयात्राका क्रममा दिउँसो ४ः३० बजे कुमारघाट क्षेत्रमा उक्त घटना भएको प्रहरीले जनाएको छ ।

प्रदेशका मुख्यमन्त्री माणिक साहले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । दुर्घटनामा धेरै तीर्थयात्रीको ज्यान गएको उनले बताए । योसँगै धेरै मानिस घाइते भएका छन् ।

यो घटनाबाट म दुखी छु । मृतकका परिवारजनमा मेरो समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना यस दुःखद घडीमा प्रदेश सरकार पीडितहरुको साथमा छ, उनले भने ।