काठमाडाैं । प्रतिनिधिसभाबाट विनियोजन विधेयक बहुमतले पारित भएको छ । मंगलबार भएको मत विभाजनमा उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्तावको पक्षमा १४७ मत परेको थियो ।
२५५ जना सांसद उपस्थित आजको बैठकमा उक्त प्रस्तावको विपक्षमा १४७ मत खसेको छ ।
यसअघि प्रतिनिधिसभाको बैठकमा बहुमतले विनियोजन विधेयक पारित भएको घोषणा गरिसकेका थिए । तर, एमालेले मत विभाजको माग गरेपछि मत विभाजन भएको हो ।