• मंसिर १४ २०८१, शुक्रबार

विकास गर्ने बजेट नपाएपछि एमालेबाट निर्वाचित वडाध्यक्ष जीतेन्द्र शाहले दिए राजीनामा

असार १३ २०८०, बुधबार

घोराही । दाङको घोराही उपमहानगरपालिका वडा नं. ८ का वडाध्यक्ष जितेन्द्र शाहले अध्यक्ष पदबाट राजिनामा दिएका छन् । बजेटको बिषयमा असन्तुष्टि जनाउँदै वडा अध्यक्ष शाहले आज पदबाट राजिनामा दिएका हुन् ।

एमालेबाट निर्बाचित शाहले घोराही उपमहानगरपालिकाको १३औं नगरसभामा राजिनामा पत्र नगर प्रमुख नरुलाल चौधरीलाई बुझाएर नगरसभा चलिरहदा बाहिरिए ।

पटक-पटक आफ्नो वडामा बजेट हाल्ने आश्वासन दिएपनि त्यो आश्वासनमै सिमित पारेको भन्दै शाहले नगर प्रमुखसँग चर्को असन्तुष्टि ब्यक्त गर्दै आएका थिए ।
आफ्नै पार्टी एमालेबाट निर्वाचित प्रमुखले बजेट नै नहालिदिएपछि उनी पदमा बस्नु भन्दा राजिनामा दिनु नै उपयुक्त हुने ठहर गरेर राजीनामा दिने निष्कर्षमा पुगेको बताए ।

उनले यसअघिको बजेट ल्याउँदा पनि फेसबुकमा राजिनामा दिने घोषणा गरेपनि अन्तिममा दिएका थिएनन् । उनले टोलबासी सबैलाई बोलाएर आफूले बजेट हाल्न नसकेको भन्दै राजीनामा दिनका लागि सुझाब सल्लाह लिएका थिए । उनले आफूले आगामी स्थाीनय निर्वाचनमा नगर प्रमुख पदको लागि तयारी गर्ने पनि बताए ।