काठमाडौं । एसीसी यू–१६ इष्ट जोन कप क्रिकेटमा नेपालले थाइल्याण्डमाथि २२५ रनको जित हात पारेको छ ।नेपाललाई जिताउन ब्याटिङतर्फ निरजकुमार यादव , नरेन भट्ट र बलिङतर्फ सन्तोष यादवले उत्कृष्ट प्रदर्शन गरे ।
पहिलो ब्याटिङ गरेको नेपालका लागि ३५ ओभरमा २६९ रन बनाउने क्रममा ओपनर निरजकुमार यादवले सूर्यान्शु कोइरालासँग ११० रनको साझेदारी गरेका थिए ।निरज ४३ बलमा ७४ रन बनाउँदै आउट भए भने सूर्यान्शु ४० रनमा पभेलियन फर्के ।
नरेन भट्टले ४३ बलमा ५५ रन बनाए । यस्तै सन्तोष यादवले ४२ रनको योगदान गरे ।जितका लागि २७० रनको लक्ष्य पछ्याएको थाइल्याण्ड नेपाली बलरका सामु टिक्नै सकेन । थाइल्याण्ड १३।२ ओभरमा ४४ रनमा अल आउट भयो ।
नेपालका सन्तोष यादवले ३।२ ओभर मात्र बलिङ गरेर ५ विकेट लिए । अशोक धामीले ३ तथा अभिषेक तिवारीले २ विकेट हात पारे ।