• जेष्ठ २६ २०८२, आईतवार

लुम्बिनीमा आजदेखि बजेटमाथि छलफल गरिने

असार १३ २०८०, बुधबार

काठमाडौँ। लुम्बिनीमा सरकारले आगामी वर्षका लागि ल्याएको बजेटमाथि आज बुधबारदेखि संसदमा छलफल हुने भएको छ।बजेटबारे छलफलका लागि प्रदेश सभा बैठकमा आज दिउँसो तीन बजेका लागि बोलाइएको छ ।

आज बस्ने प्रदेश सभा बैठकमा आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले प्रस्तुत गरेको आर्थिक वर्ष ०८०-०८१ को बेजटमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

यसअघि असार १० गते बजेटमाथि छलफल गर्ने गरी बैठक आह्वान गरिएको थियो । तर बजेटमाथि सत्तापक्षीय सांसदहरूले असन्तुष्टि जनाएपछि बैठक स्थिगित गरिएको थियो ।

उनीहरुले मुख्यमन्त्री डिल्ली चौधरी र अर्थमन्त्री धनबहादुर मास्कीले आफू केन्द्रित बजेट ल्याएको भन्दै विरोध गर्दै बजेट सच्चाएर ल्याउन माग गरेका थिए ।लुम्बिनीमा प्रदेश सरकारले असार १ गते ४० अर्ब ४७ करोड ८९ लाख बराबरको बजेट ल्याएको थियो ।