काठमाडौँ। पूर्वी युक्रेनको क्रामाटोर्स्क सहरमा रुसी क्षेप्यास्त्र हमलामा परेर कम्तीमा चार जनाको मृत्यु भएको छ भने कयौँ घाइते भएका छन् ।हमलामा क्षेप्यास्त्र एउटा रेस्टुरेन्ट र सपिङ सेन्टरमा परेको युक्रेनी अधिकारीहरूले बताएका छन् ।
मारिनेमा एकजना १७ वर्षीया किशोरीसमेत रहेकी छन् ।यसमा ८ महिनाको शिशु र तीनजना विदेशी रहेका छन् ।यो सहर हाल युक्रेनको नियन्त्रणमा रहे पनि रुसी नियन्त्रित क्षेत्रको नजिक रहेको छ । मानिसहरू भग्नावशेषमा पुरिएको आशङ्कामा उद्धार कार्य जारी राखिएको अधिकारीहरू बताउँछन् ।
स्थानीय समयअनुसार साँझ साढे ७ बजे यो हमला भएको थियो । हमला गरिएको स्थानमा अपार्टमेन्टहरू पनि रहेका थिए । सामाजिक सञ्जालमा सेयर गरिएका तस्बिरमा भवनहरूमा व्यापक क्षति पुगेको देखिएको छ । अधिकारीहरूले घटनामा कम्तीमा ४० जना घाइते भएका छन् ।