• जेष्ठ २६ २०८२, आईतवार

पशुपतिनाथ जलहरी प्रकरण: आज पुनर्स्थापना गरिँदै

असार १३ २०८०, बुधबार

काठमाडौँ । पशुपतिनाथ मन्दिरको जलहरीमा सुनको मात्र ठिक भए नभएको विषयमा अनुसन्धानको लागि निकालिएको जलहरी आज पुनर्स्थापना गर्न लागिएको  छ ।

गत आइतबार जलहरी निकाल्ने क्रममा मन्दिर परिसरमा भक्तजनलाई रोक लगाइएको थियो भने आज पुनर्स्थापना गर्दा भक्तजनलाई दर्शनको व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ ।

जलहरीमा सुनको मात्र ठिक भए नभएको विषयको अन्तिम निष्कर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक गरिसकेको छैन ।