• जेष्ठ २६ २०८२, आईतवार

ललिता निवास काण्ड : पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पनि पक्राउ

असार १२ २०८०, मंगलवार

काठमाडौँ । ललिता निवास प्रकरणमा पक्राउ पर्नेको संख्या ७ पुगेको छ । पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पक्राउ गरेसँगै यो सङ्ख्या थपिएको हो । एआईजी किरण बर्जाचार्यका अनुसार शाह धुम्बाराहीस्थित आफ्नै निवासबाट पक्राउ परेका हुन् ।

यसअघि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन प्रमुख कलाधर देउजा, डिल्लीबजार मालपोतका तत्कालीन खरदार गोपाल कार्की, कर्मचारी सुरेन्द्रमान कपाली, भुपेन्द्रमाणि केसी र धर्मप्रसाद गौतमलाई पक्राउ गरेको थियो ।

यो काडण्डमा अध्यक्ष माधव नेपाल र डा. जस्ता राजनितीका हस्तीहरुको नाम पनि जोडएर आएको हो तर उनीहरुलाई पक्रने साहास त प्रहरीले यसअघि गरेन नै अब यसपालि भने लहरो तान्दा कति परसम्मको पहरो तानिने हो, त्यो भने अझै भन्न सकिने अवस्था छैन ।

यही काण्डमा एमाले उपाध्यक्ष विष्णु पौडेलका छोरालाई यसअघि ८ आना जग्गा फिर्ता गरिदिएका कारण सजाय माफी दिइएको थियो । यसपालीको छानबिनले भने ककस्लाई माफी दिने हो थाहा छैन । राजनीतिक वृत्तमा एमालेलाई तह लगाउन प्रचण्डले ललिता निवासको फाइल खोलेका हुन् भन्न चर्चा पनि छ ।