• जेष्ठ २६ २०८२, आईतवार

जिल्ला निर्वाचन कार्यालयहरु खारेज नहुने अर्थमन्त्री महतको भनाई

असार १२ २०८०, मंगलवार

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले जिल्ला निर्वाचन कार्यालयहरु खारेज नहुने बताएका छन् ।मंगलवार प्रतिनिधि सभाको दोस्रो बैठकमा बोल्दै अर्थमन्त्री महतले जिल्ला निर्वाचन कार्यालयहरु खारेज नहुने स्पष्ट पारेका हुन् ।

उनले जिल्ला निर्वाचन कार्यालय निर्वाचन आयोगले जसरी राख्न चाहन्छ त्यसरी नै रहने बताए । निर्वाचन कार्यालयहरुलाई सबल र सुदृढ बनाउन गर्नुपर्ने आवश्यक कामहरु गर्न सरकार तयार रहेको उनले बताए । उनले सरकार निर्वाचन आयोगको स्वतन्त्रताप्रति कुनै किसिमको सम्झौता नगर्ने बताए ।

उनले निर्वाचन आयोगको आफ्नो स्वतन्त्र अस्तित्व रहने उल्लेख गरे ।