काठमाडौं। नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको आजको बैठकमा अवरोध गरेका छन् ।मंगलवारको प्रतिनिधि सभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीले जिल्ला निर्वाचन कार्यालय खारेजी गर्ने सरकारको निर्णय सच्याउन माग गर्दै अवरोध गरेको हो ।
बैठकमा बोल्दै प्रमुख सचेतक सन्तोष परियारले सरकारको मनोमानीले लोकतन्त्रलाई नियन्त्रण गर्न खोजीएको भन्दै यस्तो नियन्त्रण कदापी स्वीकार्य नहुने बताए।उनले बजेट वक्तव्यमार्फत जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको निर्णय तत्काल फिर्ता लिन माग गरे । उनले निर्णय नसच्याएसम्म संसदको कारबाही अगाडी बढ्न नदिने बताए।
उनले जिल्ला निर्वाचन कार्यालय खारेज गरेर व्यवस्था र नयाँ राजनीतिक पार्टीहरुमाथि षड्यन्त्र गरिएको बताए । उनले अर्थमन्त्रीलाई सो निर्णय फिर्ता लिन तत्काल रुलिङ गर्न सभामुख समक्ष आग्रह गरे । त्यसमा रास्वपालाई नेकपा एमालेका सांसदहरुले पनि साथ दिएका थिए ।
रास्पवपा र एमालेका सांसदहरुले निर्वाचन कार्यालय खारेजीको निर्णय सच्याउने निर्णय फिर्ता नलिएसम्म बैठक संचालन गर्न नदिने अडान राखिरहे ।त्यसपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।