• जेष्ठ २६ २०८२, आईतवार

बागमती प्रदेशसभा बैठक आज बस्दै

असार १२ २०८०, मंगलवार

हेटौँडा– बागमती प्रदेशको प्रदेशसभा बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे प्रदेशसभा सचिवालय भवन हेटौँडामा बस्नेछ ।

बैठकमा आगामी आर्थिक वर्ष २०८–८१ को बजेटमाथिे छलफल सुरु हुने प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेश सरकारले यही असार १ गने आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेको थियो ।

प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काका अनुसार हिजो बसेको कार्य परामर्श व्यवस्थापन समितिको बैठकले आजदेखी बजेटमाथिको छलफल गरिने कार्यसूची बनाएको हो ।