• जेष्ठ २६ २०८२, आईतवार

निजी विद्यालय नियन्त्रण गर्दै बालेन, मागे ११ कक्षाको प्रस्तावित शुल्क

असार ११ २०८०, सोमबार

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर अन्तर्गत सञ्चालित सबै संस्थागत (निजी/प्राइभेट) विद्यालयहरूलाई कक्षा ११ को शुल्क प्रस्ताव पठाउन निर्देशन दिएको छ ।

महानगरले विद्यालय व्यवस्थापन समितिको निणर्यसहित शैक्षिक सत्र २०८०/८१ मा कक्षा ११ मा भर्ना गरिने विद्यार्थीहरूसँग के-के शीर्षकमा कति शुल्क लिने हो ? त्यसको विवरण पठाउन भनेको हो ।

महानगरले असार मसान्तभित्रै यस्तो विवरण पठाउन भनेको छ ।