• जेष्ठ २६ २०८२, आईतवार

चट्याङबाट मृत्यु भएका परिवारलाई १० लाख क्षतिपूर्ति दिन सांसद गिरीको माग

असार ११ २०८०, सोमबार

काठमाडौँ। सांसद दीपक गिरीले चट्याङबाट मृत्यु भएका परिवारलाई १० लाख क्षतिपूर्ति दिन सरकारसँग माग गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गिरीले अहिले सरकारले चट्याङबाट २ लाख क्षतिपूर्ति दिने गरे पनि त्यो रकम कम भएको बताए ।

चट्याङबाट सर्वसाधारण र किसानहरू बढी मर्ने गरेको भन्दै विदेश जान छोडेर खेती किसानी गर्दा पनि चट्याङले ज्यान लिने गरेको तर सरकारले अत्यन्त कम क्षतिपूर्ति दिने गर्नाले पीडितहरूलाई मलहम नलाग्ने बताए ।

त्यस्तै घटना बागलुङमा पनि दुई नाबालक दिनेश र सुनिता विकको ज्यान गएको भन्दै उनले गत साल मात्र चट्याङबाट ५५ जनाले नेपालमा ज्यान गुमाएको बताए ।