• जेष्ठ २६ २०८२, आईतवार

सन्दीपविरुद्ध क्षतिपूर्तिको मुद्दामा आज सुनुवाइ हुँदै

असार ११ २०८०, सोमबार

काठमाडौँ । नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछाने विरुद्धको मुद्दामा आज जिल्ला अदालत काठमाडौँमा क्षतिपूर्तिको मुद्दामा सुनुवाइ हुँदैछ।

वादी पक्षले माग गरे बमोजिम क्षतिपूर्ति दिनु पर्ने वा नपर्ने भन्ने बारेमा आज सुनुवाइ हुन लागेको हो ।

लामिछानेसँग वादी पक्षले यस अघि माग गरेको १० लाख क्षतिपूर्तिको मागलाई अदालतले खारेज गरे पनि सर्वोच्च अदालतले पीडित राहतकोशमार्फत् क्षतिपूर्तिको विषय सम्बोधन गर्नुपर्ने जनाएपछि वादी पक्षले क्षतिपूर्ति माग गर्दै पुनः जिल्ला अदालत काठमाडौँमा निवेदन दिएको थियो ।

तत्पश्चात् उनीहरूले करिब ३६ हजार बराबरको माग गरेपछि अदालतले पीडितले उपचार गरेको अस्पताललाई पत्र पठाउँदै खर्च विवरण माग गरेको थियो।

जिल्ला अदालत काठमाडौँले माग गरेबमोजिम अस्पतालले डक्टरको प्रतिवेदन प्राप्त गरेपछि आजका लागि सुनुवाइ तोकेको हो ।